१४ बैशाख २०८१, शुक्रबार
Follow Us

इँटा उद्योगका मेनेजरको गोली हानी हत्या

sarusaru
५ मंसिर २०७५, बुधबार ०५:१३

इटहरी : सुनसरीको दुहबीमा इँटा उद्योगका मेनेजर गोली प्रहारबाट मारिएका छन् । बुधबार बिहान दुहबी नगरपालिका-९ मा रहेको जय बाबा इँटा उद्योगका मेनेजर ५४ वर्षीय फिदा हुसेनको गोली प्रहारबाट हत्या भएको हो। मर्निङवाकमा रहेका हुसेनमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट घाइते भएका उनलार्इ उपचारका लागि नोबेल अस्पताल, विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिएका छन्।
अन्नपूर्ण पोष्ट