१३ बैशाख २०८१, बिहीबार
Follow Us

अनुदान रकम दुरुपयोग गर्नेलाई दोस्रो किस्ता उपलब्ध नगराइने

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७३, बिहीबार ०५:२२

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान रकम दुरुपयोग गरे दोस्रो किस्तामा सहभागि नगराइने प्रावधान स्मरण गराएको छ । मापदण्डमा नपरेका व्यक्तिले अनुदान रकम लिएको र प्राप्त गर्नेले पनि दुरुपयोग गरेको जानकारी आएको भन्दै प्राधिकरणले प्रेस नोटमार्फत सम्झौताका सर्त पालना गर्न सचेत गराएको हो । गलत विवरण पेश गरी अनुदान लिएमा, उजुरी परेमा र छानबिनपछि दोषी देखिएमा सरकारले प्रचलित कानुनबमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल–उपर गर्ने प्रावधान सम्झौतामै रहेको भन्दै प्राधिकरणले अनुदान रकम सदुपयोग गर्न, घर बनाउने काममा मात्र उपयोग गर्न र घर बनाउने समयमा मात्रै सुविधाअनुसार बैंकबाट रकम भुक्तानी लिन अनुरोध गरेको छ । पहिलो किस्ता रकम दुरुपयोग गरेको पाइएमा दोस्रो किस्तामा सहभागी नगराउने कानुनी प्रावधान रहेको पनि प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणले असोज ४ गतेसम्म ४ लाख ५० हजार ३२ घरधनीसँग अनुदान सम्झौता भई बैंक खातामार्फत रकम भुक्तानी गर्ने क्रम जारी रहेको पनि जनाएको छ ।