८ बैशाख २०८१, शनिबार
Follow Us

प्राध्यापक सूर्य सुवेदी चीनको उच्च निकायमा

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७५, बुधबार १९:१६

लण्डन । प्राध्यापक सूर्य सुवेदी चीन सरकारको एक उच्च निकायमा नियुक्ती भएका छन् ।

सुवेदी चीनको अन्तराष्ट्रिय आर्थिक तथा व्यापार मध्यस्थता आयोगको प्यानलमा नियुक्ती भएका हुन् । सो आयोगले चीनमा अन्तराष्ट्रिय लगानी तथा व्यापार कानुन सम्वन्धि विषयमा आएका समस्याहरु निरुपण गर्ने काम गर्छ ।

प्राध्यापक सुवेदी अन्तराष्ट्रिय लगानी र व्यापार कानुन सम्वन्धि विशेषज्ञका रुपमा परिचित छन् । उनको अन्तराष्ट्रिय लगानी कानुन सम्वन्धि वेलायतबाट प्रकाशित एक ग्रन्थ दुई वर्षअघि चीनीया भाषामा अनुवाद भएको थियो । चीनको एक ठूलो प्रकाशन गृहले सो ग्रन्थ प्रकाशन गरे पछि उनी चीनमा एकाएक चर्चामा आएका थिए ।

यसअघि सुवेदीले जेनेभास्थित डाभोस फोरम भनेर चिनिने विश्व आर्थिक मंचको अन्तराष्ट्रिय लगानी नीति र कानुन बारेको कार्यदलको सदस्य समेत रहेर काम गरेका थिए ।