१३ बैशाख २०८१, बिहीबार
Follow Us

सरकारको कामको प्रगति मूल्यांकन समीक्षा आज पनि

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०७५, बिहीबार ०४:५०

काठमाडौं । सरकारका कामको प्रगति मुल्यांकन समिक्षा आज पनि हुँदैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा विभिन्न मन्त्रालयले आफ्नो कार्ययोजना र प्रगतिविवरण माथि हिजोदेखि छलफल शुरु भएको हो ।

हिजो भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, ऊर्जा, जलस्रोत तथा सिंचाइ, कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, सहरी विकास र पुननिर्माण प्राधिकरणका सचिवले प्रगति विवरण पेश गरेका थिए ।

बाँकी मन्त्रालयको प्रगति विवरणमा आज छलफल हुँदैछ । प्रधानमन्त्री केपी ओलीको उपस्थितीमा हुने छलफलमा मन्त्री तथा विभिन्न मन्त्रालयका सचिवहरु पनि सहभागी हुनेछन् । बैठकले मन्त्रालयका चौमासिक प्रगति विवरण समिक्षा गर्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

सरकार गठनको नौ महिना वित्दा पनि प्रभावकारी काम हुन नसकेको भनेर आलोचना शुरु भएपछि प्रधानमन्त्रीले समिक्षा बैठक बोलाएका हुन । हिजो वैठकको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी ओलीले जनअपेक्षा बुझेर काम शुरु गर्न निर्देशन दिएका थिए ।

आफ्ना कमजोरीहरुलाई तर्कको लिउनले कसैले पनि टाल्न नहुने उनको भनाई थियो । सरकार गठनको नौ महिनासम्म पनि पुरानै ढाँचा, पुरानै बानी नहटेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टि समेत जनाएका थिए ।