१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वार्षिक भेलामा भाग लिन आइजीपी सहित एनआरएन केन्द्रिय नेताहरु यूएइमा

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७५, बिहीबार ०८:२६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले वार्षिक भेलामा सहभागी हुन संघका केन्द्रिय नेताहरु यूएइमा भेला भएका छन् । शुक्रबार दुबईको काल्टन टावर होटलमा सम्पन्न हुन् गई रहेको उक्त वार्षिक भेलामा प्रमुख अतिथिका रुपमा नेपाल प्रहरीक प्रमुख आइजीपी सर्बेन्द्र खनाललार्इ निम्त्याइएको छ । यस्तै संघका उपाध्यक्ष कुमार पन्त, सचिब डीबी क्षेत्री, नेपाल प्रहरीका अनुसान्धान बिभाग प्रमुख, नेपाल प्रहरीकै इन्टरपोल शाखा प्रमुख, नेपाली दुतावास लगायतको भेलामा उपस्थिती रहने वताएको छ ।

भेलाको तयारी पुरा भएको एनआरएनए यूएईले जनाएको छ । भेलामा क्षेत्रीय समिति, पार्षद सदस्य, सामाजिक संघ संस्थाका प्रतिनिधीहरुलाई निमन्त्रण गरिएको छ ।

भेलामा संघको आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिने छ । भेला पछि त्यहाँस्थित नेपाली समुदाय तथा व्यवसायीसंग नेपालमा आर्थिक लागानीो विषयमा छुट्टै अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने छ ।