६ चैत्र २०८०, मंगलवार
Follow Us

प्रधानमन्त्रीले लिए मन्त्रालयको ९ महिने प्रगति विवरण

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०७५, बिहीबार १२:४९

काठमाडौं । मन्त्रीहरुको काम र मन्त्रालयगत ढिलासुस्तीप्रति असन्तुष्ट प्रधानमन्त्री केपी ओलीले आज पनि आगामी योजना र कार्य प्रगतिबारे सम्बन्धित मन्त्री तथा सचिवहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा अर्थ, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्यन, युवा तथा खेलकुद, खानेपानी लगायत मन्त्रालयको कार्यप्रगतिका बिषयमा प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री ओलीले ९ महिनासम्मको प्रगति विवरण र आगामी योजनाबारे जानकारी लिएका थिए । छलफलमा मन्त्रालयका सचिवहरुले आफ्नो मन्त्रालयको चौमासिक प्रगति विवरण पेश गरेका थिए । छलफलका क्रममा आर्थिक वर्ष २ हजार ७५-०७६ को स्वीकृत कार्यक्रम एवं वजेट कार्यान्वयनका लागी मातहतका आयोजनालाई तिव्र रुपमा अघि बढाउन प्रधानमन्त्री ओलीले मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, ऊर्जा, सिंचाईं, कृषि, उद्योग, वाणिज्य तथा आपूर्ति र शहरी विकास मन्त्रालय तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यविवरणमाथि छलफल गरेका थिए । मन्त्रालयगत छलफल थप एक दिन चल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।