६ बैशाख २०८१, बिहीबार
Follow Us

स्कुल बस दुर्घटना : १० को मृत्यु, १५ जना घाईते

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०७५, बिहीबार १४:१३

डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस अमरगढी नगरपालिका ११ रडुवा स्कुल बस दुर्घटना भएको छ । दुर्घटना हुँदा १० को मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । अमरगढी ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको छ ।

पिसजोन बिद्या निकेतनको से १ च २९३ नं को बस दुर्घटना भएको छ । अहिले प्रहरी र स्थानीय वासिन्दाले दुर्घटनामा परेकाहरुको उद्दार गरी जिल्ला अस्पताल ल्याइएको छ । उद्दारका लागि डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशी, प्रहरी प्रमुखलगायत सुरक्षाकर्मीको टोली दुर्घटनास्थल पुगेका छन् ।