१३ बैशाख २०८१, बिहीबार
Follow Us

विदेशी नागरिकता लिएकाले कांग्रेसको क्रियाशील सदस्य बन्न नपाउने

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७५, बिहीबार १९:५९

लण्डन । नेपाली कांग्रेसले विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीहरुलाई पार्टीको सदस्यताबाट बन्चित गर्ने तयारी गरेको छ । नेपाली कांग्रेसको आगामी महिना हुने महासमिति बैठकमा प्रस्तुत हुने विधानले पार्टीको क्रियाशील सदस्यता प्राप्त गर्न नेपाली नागरिकता वा नेपाली राहादानी अनिवार्य हुनु पर्ने प्रावधान मस्यौदामा राखेको हो ।

प्रस्तुत मस्यौदाको धारा ११ (क) अनुसार नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गर्न योग्यता पुगेका विदेशमा बसेका नेपाली नागरिकले सम्बन्धित देशको नेपाली जनसम्पर्क समितिमा क्रियाशील सदस्यताको प्राप्तीका लागि आबेदन गर्न र नवीकरण गर्न सक्नछन् ।

मस्यौदामा ‘नेपाली जनसम्पर्क समितिले त्यस्तो आवेदनमा छानवीन गरी कार्यसमितिको बैठकको निर्णय, नेपाली नागरिकता र नेपाली राहदानीको प्रमाणित प्रतिलिपी सहित केन्द्रमा सिफारिस गर्नेछ’ उल्लेख छ ।
मस्यौदामा नेपालको संविधानले ग्यारेन्टी गरेको गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरुको बारेमा केही उल्लेख गरिएको छैन् ।