१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा धेरै माया पाए: गायिका कला लम्साल

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७५, बिहीबार २१:४६

लण्डन । बिगत तिन महिना देखि बेलायतमा सक्रिय गायिका कला लम्साल बिहिवार नेपाल फर्केकि छन् । नारीहरुको महान पर्व हरितालिका तीजको रौनक दिएर चर्चा कमाएकी कला लम्सालले बेलायतवासी नेपालीको धेरै माया पाएको बताईंन । लन्डन छोड्नु अघि नेपाल ब्रिटेन डटसंग कुरा गर्दै बेलायत स्थित नेपाली समुदायले देखाएको माया प्रति आभार ब्यक्त गरिन । उनले भनिन् ‘ बेलायत बसाइ सोचे भन्दा राम्रो भयो सबैले यस्तै माया गरे फेरि आउछु’ ।

यस अघि हिमालय क्लव लन्डनमा आयोजित एक कार्यक्रममा बीच लम्साललाई औपाचारिक विधाई समेत गरिएको थियो । सो कार्यक्रममा गायक बालचन्द्र बराल, समाजसेवी, कृष्ण तिमल्सिना, बल रायमाझी, एनआरएनए केन्द्रिय सदस्य रामशरण सिम्खडा लगाएतको उपस्थिति थियो ।

तनहुँकी चेली लम्साल नेपाली लोकदोहरी को क्षेत्रमा एक उदयमान नक्षेत्र हुन् । सानै उमेरमा सांगितिक क्षेत्रमा प्रबेश गरी गायिका लम्साल यतिबेला सोही क्षेत्रबाटै चर्चाको शिखरमा पुगेकी छिन् । लोक साङितिक क्षेत्रकि एक प्रतिभाशाली गायिका कला लम्सालका आवाजमा रहेका धेरै गीतहरु बजारमा आएका छन् । यसै गरि पछिल्लो समयमा कलाको नयाँ कोशेली बनैमा फुल्यो चमेली बोलको गितले बजार तातिएको थियो ।