१३ बैशाख २०८१, बिहीबार
Follow Us

महामन्त्री काफ्लेलाई हृदयाघात

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०७५, शुक्रबार ०६:३९

काठमाडौं । नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ । काफ्लेलाई आज बिहान ९:४५ बजे हृदयाघात भएको हो । उहाँलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष (सिसियु)मा राखेर उपचार भइरहेको नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयो । काफ्ले नेविसङ्घको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुनुहुन्छ ।