१३ बैशाख २०८१, बिहीबार
Follow Us

संघीय फोरमले आयोजना गरेको कार्यक्रममा सहभागी हुने

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७३, बिहीबार ०७:१८

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव लण्डन आउँदै छन् । नेपाल संघीय फोरमको निमन्त्रणामा बेलायतलगायत युरोपका विभिन्न देशको भ्रमणका लागि यादव विहीबार लन्डन प्रस्थान गर्नुभएको हो ।
बेलायतलगायत यादवले बेल्जियम, पोर्चुगललगायत अन्य सातवटा देशका नेपालीले आयोजना गरेको कार्यक्रममा सहभागी हुने बताइएको छ । उनी असोज १६ गते काठमाडौं फर्किने बताइएको छ । १३ दिनको यूरोप यात्रामा संघीय समाजवादी फोरमको विदेशस्थित भ्रातृ संस्थाले आयोजना गरेको कार्यक्रमलाई अध्यक्ष यादवले सम्बोधन गर्ने बताइएको छ ।
अध्यक्ष यादवले बुधबार राति प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्नुभएको थियो । अध्यक्ष यादवले पहिलो पटक प्रधानमन्त्री दाहाललाई एक्लाएक्लै भेट गरेका हुन् । भेटमा संविधान संशोधन र सीमाकांनबारे कुराकानी भएको थियो ।
विहीबार राति लन्डन उड्नु अघि अध्यक्ष यादव बाराको कलैयामा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए ।