१५ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेसको विधानमा पौडेल र सिटौला समूहको असन्तुष्टि

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०७५, शुक्रबार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा पेश गर्न निर्माण गरिएको विधान मस्यौदामै विवाद भएको छ । पार्टी सभापतिलाई शक्तिशाली बनाउने गरी विधान तयार गरिएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले बिरोध जनाएपछि बिवाद भएको हो । देश संघीय संरचनामा गएको लामो समय बितिसक्दा पनि नेपाली कांग्रेस संघीय संरचनामा जानसकेको छैन् । यो विवाद समाधानका लागि पार्टीले आइतबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

विधानलाई संघीय संरचना अनुरुप बनाउन महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा १३ सदस्यीय विधान मस्यौदा समिति गठन गर्‍यो । तर, तीन महिना लगाएर समितिले बिधान त ल्यायो तर, सभापतिलाई शक्तिशाली बनाउने गरी बिधान ल्याइएको भन्दै बरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षले बिरोध जनाएपछि बिवाद देखिएको छ । मंसिर अन्तिम साता महासमिति बैठक बस्ने तयारी गरेको कांग्रेसले बिवादकै कारण अहिलेसम्म बिधानको मस्यौदा सार्वजनिक गर्न सकेको छैन् । पछिल्लो समय सभापतिको कार्यक्षेत्र बढाउँदै पार्टीलाई सभापतिय पद्दतिमा लैजाने संस्थापन पक्षको जोडवल छ । तर, सामुहिक नेतृत्वमा लैजानुपर्ने पौडेल पक्षले दवाव छ ।