४ बैशाख २०८१, मंगलवार
Follow Us

कपिलवस्तुमा स्थानीय नेता राजाबाबुको गोली हानी हत्या

sarusaru
८ मंसिर २०७५, शनिबार ०२:५१

तौलिहवा : कपिलवस्तुमा एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा स्थानीय दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या गरिएको हो ।

नजिकै घर भएका अर्का व्यक्तिसँग विवाद हुँदा शुक्रबार राति १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीका अनुसार टाउकोमा गोली लागेका उनको घटनास्थलमै ज्यान थियो ।

जिल्लामा राजाबाबु भनिने चिनिने चौधरी गतसालको स्थानीय तह निर्वाचनमा सुद्धोधन गाउँपालिकाको प्रमुखमा उठेका थिए । यस्तै उनी स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सांसदमा उठेका थिए ।

तत्कालीन फोरम लोकतान्त्रिकका नेतासमेत रहेका चौधरी पछिल्लो समय विजय गच्छदार कांग्रेसमा प्रवेश गरेपछि स्वतन्त्र रहँदै आएका थिए । मृतक चौधरीको शव हाल मेडिकल कलेज भैरहवामा राखिएको छ । हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अन्नपुर्ण पोष्ट