१५ चैत्र २०८०, बिहीबार
Follow Us

अमेरिकाको सार्लोटमा सङ्कटकाल

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७३, बिहीबार १५:१८

वासिङटन । अमेरिकाको नर्थ क्यारोलिना राज्यको सार्लाेट महानगरमा जातीय रङगभेद भड्किई उत्पन्न भएको व्यापक हूलदङगा र अनियन्त्रीत हिंसाका कारण सङ्कटकाल घोषणा गरिएको छ । गतःमङ्गलबार कालो बर्णका एक व्यक्ति प्रहरीको कारबाहीमा मरणाशन्न हुने गरी सख्त घाइते भएका र पछि उनको मृत्यु भएको थियो ।

हजारौंँको सङ्ख्यामा काला वर्णका स्थानीय जनताहरु भेला भइ गोरा वर्णका जनसमुदाय विरुद्ध दुई दिनसम्म लगातार विरोध प्रदर्शन गरेकाले व्यापक हिंसा भड्किन गएको कारण सङ्कटकाल घोषणा गर्नुपरेको नर्थ क्यारोलिना राज्यका गभर्नर प्याट म्याक्क्रोरिले आफ्नो ट्वीटरमार्फत प्रष्ट पार्नुभएको छ ।

सङ्कटकाल लागू भएपछि अराजक स्थिति उत्पन्न हुन नदिन स्थानीय कानून बमोजिम हाल भारी सङ्ख्यामा नेशनल गार्ड र हाइवे प्याट्रोल फोर्सका सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

नर्थ क्यारोलिना प्रहरीले शङ्कास्पद आतङकवादीको खोजीगर्ने क्रममा सार्लोटको एउटा स्थानीय अपार्टमेन्टको गाडी पार्किङगस्थलमा गतःमङगलबार कालोवणर्का एकजना ४३ वर्षीय व्यक्ति किथ लामोन्ट स्कटसँग भीडन्त भएको र केही पछि निज स्कटको मृत्यु भएको थियो ।

अफ्रिकी मूलका अमेरिकाली किथ लामोन्ट मारिएको खबर फैलिएपछि घटनाले उग्र रुप लियो । हजारौंँको सङ्ख्यामा स्थानीय तथा अन्य राज्यबाट समेत काला वर्णका जनताहरु भेला भइ गोरा वर्णका जनसमुदाय र प्रंहरी विरुद्ध जथाभावी ढुङ्गामुढा र गोलीसमेत प्रहार गरी दुई दिनसम्म लगातार विरोध प्रदर्शन गरेपछि राज्यमा शान्ति सुरक्षा र विधिका शासन कायम राख्न सङ्कटकाल घोषणा गरिएको जनाइएको छ ।

सङ्कटकाल लागू गरिएपछि स्थिति केही नियन्त्रणमा आएको तर त्यस्तै परेमा कफ्र्यु पनि लगाइने गभर्नर प्याट म्याक्क्रोरिले सिएनएन सम्वाददातालाई बताउनुभयो ।

त्यस्तै सार्लोट महानगरकी मेयर जेनिफर रोबर्ट्सले स्थानीय सबै जनतालाई घर मै बसिरहन र बाहिर निस्कनै पर्ने अत्यावश्यक काम परेमा पनि दङ्गाग्रस्त क्षेत्रमा प्रवेश नगर्न सिएनएन टेलिभिजनमार्फत् आह्वान गर्नुभएको छ ।