१५ चैत्र २०८०, बिहीबार
Follow Us

राष्ट्रपतिको गाडी किन्न युवाहरुले भिख मागे

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०७५, शनिबार १३:१७

काठमाडौं । युवाहरुले राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिद गर्ने सरकारी निर्णयको विरोधमा राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा आज भिख मागेका छन् । जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैयाँ भिख मागेका हुन् ।

युवाहरुले “दान गर्नुहोस् पुन्य कमाउनुहोस्” भन्दै पशुपति बनकाली क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका, बुढाबुढी सबैसंग भिख मागेका थिए । १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि सवारी साधन किन्नु गलत भएको सन्देश दिन सांकेतिक रुपमा भिख मागिएको कार्यक्रममा सहभागी युवाहरुले बताएका छन् ।

युवाहरुले संकलित रकमबाट खेलौना गाडी किनेर राष्ट्रपति कार्यालयलाई बुझाउने तयारी गरेका छन् । राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पुरा गर्न नमिल्ने उनिहरुको भनाइ छ ।