१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कपिलवस्तु हत्या प्रकरण : सवारी साधनमा तोडफोड र आगजनी

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०७५, शनिबार १३:१९

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका ४ लवनीमा स्थानीय ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजबाबु)को गोली हानी हत्या गरिएको विरोधमा स्थानीयद्वारा लवनीमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले केही सवारी साधनमा तोडफोड र आगजनी समेत गरेका छन् ।

विरोध प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर समेत गर्नु परेको छ । युवा राजनीतिज्ञ समेत रहेका चौधरीलाई घर नजिकै राती दश बजेतिर गोली प्रहार गरी हत्या गरिएको थियो ।

टाउकोमा गोली लागि गम्भीर घाईते भएका उनको उपचार गराउन भैरहवा लैजादै गर्दा मृत्यु भएको हो । कपिलवस्तुको लवनी चौराहबाट मोतीभारी घरतर्फ जाँदै गरेका कुर्मीलाई मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । मृतक चौधरी स्वतन्त्र रुपमा गत प्रदेश सभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर एकको खबाट प्रदेश सभामा सदस्य पदका उम्मेदवारी दिएका थिए ।