१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नर्सिंग एशोसिएसन यूकेको अध्यक्षमा विनोद सिंखडा बिजयी

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७५, शनिबार २३:२२

लण्डन । नेपालिज नर्सिंग एशोसिएसन यूकेको अध्यक्षमा विनोदविकास सिंखडा बिजयी भएका छन् । शनिवार लण्डनमा सम्पन्न निर्वाचनमा ६ं० मत प्राप्त गर्दै सिम्खडाले अध्यक्षको पद सुरक्षित गरेका हुन् ।
अध्यक्ष पदको लागि उम्मेदवार इन्दिरा बस्याल (तिवारी) ले ३३ मत प्राप्त गरिन् । हयारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा सम्पन्न एशोसिएसनको अधिवेसनले सिंखडाको नेतृत्वमा दुई वर्षको लागि नयाँ कार्यसमिति निर्बाचित भएको हो ।

यसै गरी एशोसिएसनको नयां कार्यसमितिको उपाध्यक्ष पदमा सुनिता गौतम (थापा) बिजयी बनेकी छिन् ।

यसअघि महासचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएका थिए ।


महासचिवमा रस्मिता दर्लामी,कोषाध्यक्ष बिनु लामिछाने, सांस्कृतिक सचिव राफी श्रेष्ठ, सहकोषाध्यक्ष आज्ञा खनाल तथा सदस्यहरु अञ्जना सापकोटा, रञ्जना केसी अधिकारी, कल्पना घिमिरे, ज्ञानु अधिकारी, शोभा बोहोरा, सरिता रिजाल र राजत्री पाण्डे थापा छन् ।

नेतृत्व चयनका लागि निर्वाचन समिति संयोजक अजिता सिम्खडा, सोलिसिटर राजु थापा, र बासु लामिछाने सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो ।