१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दुई महिनाभित्र नेविसंघको महाधिवेशन हुने सम्भावना कम : महामन्त्री कोइराला

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७५, आईतवार १४:१२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले दुई महिना भित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुने सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन आज पार्टी कार्यालय सानेपा पुगेका महामन्त्री कोइरालाले थप गरिएको समयभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएका हुन् ।

नेविसंघलाई विधान अनुसार चलाउन माग गरेपछि गर्दै विद्यार्थीले सानेपामा शुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाउदै महामन्त्री कोइरालाले पछिल्लो समय थप गरिएको समय भित्र महाधिवेशन हुन नसक्ने बताए ।

नेपाल विद्यार्थी संघको थप गरिएको कार्यकाल पनि सकिएपछि कांग्रेसको अघिल्लो केन्द्रीय समिति बैठकले वर्तमान पदाधिकारीको समय दुई महिना थप गरेको थियो । विधान अनुसार नेविसंघको दुई बर्षमा महाधिवेशन गराउन नसकेपछि यसअघि पनि वर्तमान पदाधिकारीको समय ३ महिना थप गरिएको थियो ।