१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए अध्यक्ष भट्टलाई पितृशोक

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७५, आईतवार १४:१४

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । भट्टका पिता यदु भट्टको स्थानीय समयअनुसार ३ बजे जापानमा निधन भएको हो । उहाँको शव पर्सी मंगलबार नेपाल ल्याउने कार्यक्रम रहेको पारिवारिक श्रोतले जनाएको छ । भट्ट मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

पूर्वमन्त्रीसमेत रहेका भट्टका तीन छोरा छन् । एनआरएन अध्यक्ष भवन यदुका माइला छोरा हुन्  भने जेठा शिशिर र कान्छा सुशील भट्ट हुन् ।

पूर्वमन्त्री भट्टको निधनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अध्यक्ष भट्टप्रति समवेदना व्यक्त गरेका छन् । अध्यक्ष थापाले टुइटरमा लेखेका छन्, ‘पुर्वमन्त्री यदु भट्टको निधनको खबरले अत्यन्त दुस्खित भएको छु।उहां एक असल व्यक्ति र राष्ट्रवादी नेता हुनुहुन्थ्यो।दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु । उहाँका सुपुत्रहरु ुकारोवारु दैनिकका प्रबन्ध सम्पादक शिसिर भट्ट र ल्च्ल्ब् अध्यक्ष भवन भट्ट एवं शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ।’