१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन युके र नेपालब्रिटेन डट कमद्धारा संकलित ८ लाख रुपैयाँ आइना बार्कालाई हस्तान्तरण

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७५, आईतवार २१:१८

लन्डन । गैरआवासीय नेपाली संघ युके र नेपालब्रिटेन डट कमको सकृयतामा संकलित ८ लाख रुपैयाँ स्पेनिस समाजसेवी आइना बार्कालाई हस्तान्तरण गरिएको छ । हेटौंडामा ‘आशा विशेष पाठशाला तथा पुनस्थापना केन्द्र’ स्थापना गरि अपांग बालबालिकाको पालन पोषण गरिरहेकी बार्काले नेपालब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवमा उपस्थित भएर आफ्ना योजना सार्वजानिक गरेकी थिइन् ।


आइतबार लण्डनमा एक कार्यक्रमको आयोजना गरि नेपालब्रिटेन डट कमका पुर्व सल्लाहकार कुल आचार्य, पुर्व अध्यक्ष चिरन्जिवी ढकाल, सम्पादक नारायण गाउँले संयुक्त रुपमा उक्त रकमको चेक बार्कालाई हस्तान्तरण गरे ।

कार्यक्रममा व्यवसायी काशीराज बोहोरा, डा. राजेन्द्र थापा, समिरनाथ प्याकुरेल, हिमाल प्रसाईं, बालकृष्ण भुषाल, कृष्ण तिवारी, नायक ध्रुव दत्त लगायतको उपस्थिती थियो ।

बार्काको सहयोगको लागि लक्ष्मी राई (लारा), नारायाण गाउँले लगायतको सकृयता भुमिका निर्वाह गरेका थिए ।