१६ चैत्र २०८०, शुक्रबार
Follow Us

इँटा भट्टामा पुरिएर मजदुरको मृत्यु

sarusaru
१० मंसिर २०७५, सोमबार ०१:३३

काठमाडौं । इँटा भट्टामा राखिएको माटोको ढिस्कोमा पुरिएर आइतबार काठमाडौंमा एक जना मजदुरको मृत्यु भएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुंगल माटोको ढिस्कोले पुरिँदा बागलुङका ३९ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सतुंगलस्थित हिरा इँटा उद्योगमा काम गर्ने मजदुर गुरुङको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । माटोमा पुरिएको देखेपछि गुरुङलाई साथीहरुले उद्धार गरेका थिए । बेहोस गुरुङलाई ओम अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई मृतक घोषणा गरेको प्रहरीले जनाएको छ ।
डिसी नेपाल