८ बैशाख २०८१, शनिबार
Follow Us

डाक्टर केसी पुनः अनसन बस्ने

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७५, सोमबार ०५:१४

काठमाडौं । डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राखेर पुनः आन्दोलन गर्ने घोषणा गरेका छन् । सरकारले सहमति अनुसार चिकित्सा शिक्षा सुधारका काम अघि नबढाएको भन्दै केसीले ३ साताको अल्टिमेटम सहित १६ औं पटक अनसन घोषणा गर्न लागेका हुन् ।

उनले आज दिउँसो पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्दैछन् । केसीका सहयोगी डा अभिषेक राज सिंहले १५ औं अनसन तोडने समयमा भएको सहमति अनुसार सरकारले काम नगरेकाले केसीले अनसन बस्ने तयारी गरेको जानकारी दिए । प्रधानमन्त्री ओलीको पहलमा नेता सुवास नेम्बाङ र बिष्णु पौडेलको सक्रियतामा भएको सहमति कार्यान्वयन नभएको केसीको आरोप छ ।

त्यतिवेला सरकार र केसीबीच चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने, त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने लगायत सहमति भएको थियो ।