१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वेल्समा एनआरएन युकेको अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७५, सोमबार २०:५२

लन्डन – गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र ब्रेकन नेपाली समाज युकेको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुखअतिथि एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीले देशका विभिन्न राज्यहरुमा विस्तार गर्दै नेपालीको हितका लागिसंगै हातेमालो गर्दै आगाडी बढ्न प्रतिबद्द गरे ।

अधिवक्ता गोबिन्द बेलबासेले बिदेशमा रहेका गैरआवासिय नेपालीहरुको सम्बन्धको बिषयमा गहिरो चर्चा गर्दै आफ्ना अधिकारका लागि सबै मिलेर आगाडी बढेमा सफलता प्राप्त हुने सुझाब दिए ।

आइतवार सम्पन कार्यक्रममा एनआरएन युकेका नेताहरु सहभागी भए । कार्यक्रममा उपाध्यक्षहरु प्रेम गाहा मगर, शेर सुनार, पुनम गुरुङले सम्बोधन गरेका थिए।
वेल्स को ब्रेकन सिटीमा आयोजित कार्यक्रममा राज्य समन्वय परिसदका सचिब निर लाल मोक्तानले संचालन गरेका थिए ।
राज्य समन्वय परिषद वेल्सका अध्यक्ष राम चन्द्र पोखरेलले अन्तरक्रिया कार्यक्रमको महत्व बारे प्रकाश पारे ।
ब्रेकन नेपाली समाजका प्रमुख सल्लाहकार खुशिमान गुरुङ एम.भी.ओले शुभकामना दिए ।

कार्यक्रमलाई सफल पार्न सहयोग खिम क्षेत्री, निर लाल मोक्तान, प्रकाश कंडेल, विभूषण श्रेष्ठ, श्रीमती सिता राई, एक बहादुर आले, बलराम अधिकारी, दीपक सुब्बा, रामेश्वर देवकोटा, मेम राज न्यौपाने र सल्लाहकारहरु बद्रि योंग्या, श्रीमती रत्ना राई, मन प्रसाद चेम्जोंग, महेश देवकोटा, मति प्रसाद पुन, पूर्ण चन्द्र लिंग्देंन, खड्क चोङ्गबाङ्ग, श्रीमती सीता गाहा र कृष्ण भण्डारी र गुमन धोज लिम्बु लगायतले महत्वपूर्ण भूमिका निर्वाहा गरेका थिए ।