१२ बैशाख २०८१, बुधबार
Follow Us

दक्षेपू तमुधिं लण्डनको सातौँ अधिवेशन सम्पन्न


१० मंसिर २०७५, सोमबार २१:१४

लण्डन। फाल्कोनवुड, केन्टको फाल्कोनवुड कम्युनिटी सेन्टरको हलमा दक्षिणपूर्व क्षेत्रीय तमुधिँ लण्डनको सातौ अधिवेशन अत्यन्त भव्यताको साथ आज, २५ नोभेम्बर २०१८को दिनमा सम्पन्न भएको छ। संस्थाका महासचिव ह्यारी गुरुङले सञ्चालन गरेको अधिवेशनलाई समाजका अध्यक्ष श्रीचन्द्र गुरुङले सभापतित्व गरेका थिए। आसन ग्रहणको कार्यक्रम पश्चात समाजका अध्यक्ष लगाएत वरिष्ठ व्यक्तित्वहरूद्वारा द्वीप प्रज्वलन गरी कार्यक्रमलाई उद्घाटन गरेका थिए। नेपाल र बेलायतको राष्ट्रिय धुन बजाएर शुरु गरेको यस कार्यक्रमलाई संस्थाको उपाध्यक्ष सुमन गुरुङले स्वागत मन्तव्य प्रकट गर्दै हलमा उपस्थित सदस्यहरूलाई स्वागत गरेका थिए।

संस्थाका पूर्व प्रमुख तथा संस्थापक सल्लाहकार मोहन गुरुङ, पूर्व अध्यक्षहरू क्रमशः हरिगोविन्द गुरुङ, क्या.रि. नारायनबहादुर गुरुङ, चन्द्रमान गुरुङ तथा संस्थाकी उपाध्यक्ष कमला गुरुङ लगायतकाले शुभकामना मन्तव्य राखेपछि महासचिव ह्यारी गुरुङले आफ्नो प्रत्तिवेदन हललाई प्रस्तुत गरेका थिए। त्यसपछि कोषाध्यक्ष अर्चना गुरुङले संस्थाको आर्थिक विवरण पेश गरेकी थिईन। दुबै जनाको प्रत्तिवेदनलाई हलले सर्वसम्मत अनुमोदन गरि पारित गरेको थियो।

संस्थाको विधानबारे कार्यकारी समितिले विधानका केहिबुँदा र धाराहरूलाई परिमार्जित गरि अधिवेशनमा अनुमोदन गर्ने गरी पारित गरेको थियो। ति सबै संशोधित तथा थप धाराहरूलाई संस्थाका विशेष सल्लाहकार तथा विधान कमिटिका संयोजक सुमलकुमार गुरुङले प्रस्तुत गरेका थिए। धेरै छलफल पश्चात हलले ति सबै संशोधित तथा थपघट गर्नुपर्ने बुँदा वा धाराहरूलाई सर्वसम्मत अनुमोदन गरि पारित गरेको थियो।

अधिवेशनको प्रक्रिया अनुरुप सभाध्यक्ष, श्रीचन्द्र गुरुङले आफ्नो चारवर्षको कार्यकालमा गरेका गतिविधिहरू प्रष्ट पारेका थिए। बोल्ने क्रममा आफ्नै कार्यकालमा समाजको घर किन्न सफल, संस्थाका सदस्यहरूबाट उठाईएको एकलाख साठी हजार निब्र्याज ऋण लगभग तिरीसकेको साथै यस कार्यका लागि आमा समूहको विशेष पहल रहेको कुरा सम्बोधन गरी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। उनले प्रत्येक सहयोगी सदस्यहरूलाई धन्यवाद प्रकट गरेर सातौं कार्यकारी समिति विघटन भएको घोषणा गरेका थिए। त्यसपश्चात उनले निर्वाचन कमिटिका अध्यक्ष क्या।रि। नारायणबहादुर गुरुङ, एमभिओ, सदस्यद्वय् हरिगोविन्द गुरुङ तथा चन्द्रमान गुरुङलाई आठौं कार्यकारी समिति गठनका लागि आव्हान गरेका थिए।

बन्दसत्र घोषणा गरेपश्चात नयाँ कार्यकारी समिति गठनको पहल भएको थियो। क्या.रि. नारायणबहादुर गुरुङ, एमभिओको अध्यक्षतामा गठन निर्वाचन मण्डलीले आठौँ कार्यकारी समिति संस्थाका नव निर्वाचित अध्यक्ष हिराप्रसाद गुरुङको नेतृत्वमा २२ सदस्यीय कार्यकारी समितिको गठन सफलता सथा गठन गरेको छ।

पदाधिकारीहरू क्रमशः अध्यक्ष, हिराप्रसाद गुरुङ, चारजना उपाध्यक्षहरू, क्रमशः योगेश गुरुङ, सुमन गुरुङ, ह्यारी गुरुङ, र पार्वती गुरुङ, महासविचमा डम्बर गुरुङ, कोषाध्यक्ष लछुमान गुरुङ,सहसचिव चन्द्रदेवी गुरुङ, तथा १३ जना कार्यकारी सदस्यहरू क्रमशः बिरबहादुर गुरुङ, नन्दजंग गुरुङ, धनबहादुर गुरुङ, रिमा गुरुङ, खड्का गुरुङ, लक्ष्मि गुरुङ, विष्णु गुरुङ, तारा गुरुङ, याम गुरुङ, सारादेवी गुरुङ, कमला गुरुङ, दिता गुरुङ र धन (ज्योती) गुरुङ रहेका छन्।

निर्वाचन मण्डलका सदस्य हरिगोविन्द गुरुङद्वारा घोषणा गरेको नवनिर्वाचित कार्यकारी समितिलाई निर्वाचन मण्डलका अध्यक्ष, क्या.रि. नारायनबहादुर गुरुङ, एमभिओले शपथ ग्रहण गराएका थिए।