१२ बैशाख २०८१, बुधबार
Follow Us

पूर्वमन्त्री स्वर्गीय यदु प्रसाद भट्टको पार्थिव शरिर नेपाल पठाउने तयारी


१० मंसिर २०७५, सोमबार २१:२८


ज्याक खड्का ।

टोकियो,जापान। उपचारकै क्रममा जापानमै निधन भएका पूर्वमन्त्री यदुप्रसाद भट्टको पार्थिव शरीरलाई जतिसक्दो छिटो नेपाल लैजाने तैयारी भईरहेको पारिवारिक स्रोतले जनाएको छ । एनआरएन आइसीसीका अध्यक्ष भवन भट्टका पिता यदुप्रसाद भट्टको टोकियोको हिरोस्थित जापान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा आइतवार अपरान्ह निधन भएको थियो । लामो समयदेखि सुगरबाट पीडित भट्टलाई केही समयदेखि फोक्सोमा समस्या आएपछि जापानको रेडक्रस मेडिकल सेन्टरमा राखिएको थियो ।

पारिवारिक स्रोतका अनुसार उन को पार्थिव शरीरलाई नेपाल लैजानका लागि आवश्यक प्रक्रिया तिब्रताका साथ अगाडि बढाईएको र जतिसक्दो छिटो नेपाल लैजाने तैयारी भईरहेको छ । नेपाल लैजाने प्रक्रियाअनुसार उहाँको पार्थिव शरीर अस्पतालबाट अन्यत्र सारिएको छ । श्रद्धाञ्जलीका लागि उचित समयमा शोक सभाको आयोजना गरिने र त्यसको बारेमा छिट्टै सार्बजनिक जानकारी गराईने पनि पारिवारिक स्रोतले जनाएको छ ।

एनआरएन अध्यक्ष भट्टले आफ्नो पिताको स्वास्थ्य उपचार जापानमै गराउँदै आउएका थिए । स्वर्गीय भट्ट पूर्व वाणिज्य सहायक मन्त्री हुनुहुन्थ्यो । गोरखा जिल्लाबासी स्वर्गीय भट्टले जिल्लाको शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको अहिले पनि जिल्लामा चर्चा हुने गरेको पाईन्छ । स्वर्गीय भट्टका तीन छोरा, तीन छोरी र श्रीमती छन् ।