१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आङकाजी शेर्पा बोकेर यादव बेलायतमा

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७३, शुक्रबार ०६:०९

लन्डन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव हिजो बेलायत प्रस्थान गर्नुभएको छ । नेप्लिज फेडरल सोसाइटीका दोस्रो महाधिवेशनको उद्घाटनका लागि उहाँ बेलायत आइपुग्नुभएको हो ।
सेप्टेम्बर २३ र २४ गते हुन लागेको महाधिवेशनको प्रमुख अतिथिका रुपमा अध्यक्ष यादव सो कार्यक्रममा सहभागी हुन बेलायत आउनुभएको हो । सो कार्यक्रमपछि उहाँ बेल्जियम, पोर्चुगल समेत जाने कार्यक्रम रहेको पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष यादवको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष श्रेष्ठले नै अध्यक्ष पद सम्हाल्नुहुनेछ । यादव दुई सातापछि स्वदेश फर्कने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।