४ बैशाख २०८१, मंगलवार
Follow Us

जोर्डनमा नेपाली चेलीको रहस्यमय मृत्यु

नेपालब्रिटेन संवाददाता
११ मंसिर २०७५, मंगलवार ०७:३२

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपाली चेलीले ज्यान गुमाएका छन् । कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए । क्लासिक कम्पनीमा गार्मेन्टको कामका लागि गएका दुई जनाको एक महिनाभित्र एउटै भवनमा ज्यान गएको हो ।

सिन्धुलीपाल्चोक बाह्रबिसे थापागाउँकी रोशनी रसाईली बाथरुममा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । बिहान बाथरुम जान्छु भनी निस्किएकी रसाईली नफर्किएपछि बाथरुम गई हेर्दा मृत अवस्थामा भेटिएको प्रत्यक्षदर्शी नेपाली युवतीले जानकारी दिइन् । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर झुन्ड्याएको जस्तो लाग्छ । ती प्रत्यक्षदर्शी नेपाली महिलाले बताइन् ।