१३ बैशाख २०८१, बिहीबार
Follow Us

उपत्यकामा विहीबारदेखि जोर-बिजोर प्रणाली

नेपालब्रिटेन संवाददाता
११ मंसिर २०७५, मंगलवार १२:५८

काठमाडौं । उपत्यकामा चल्ने सवारी साधनमा विहीबारदेखि जोर-बिजोर प्रणाली लागू हुने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार एशिया प्यासेफीक सम्मेलनलार्इ लक्षित गर्दै मंसिर १३ गते देखि १६ सम्म ४ दिनका लागि जोर बिजोर प्रणाली लागू गरिने भएको हो ।

सम्मेलनमा भाग लिन काठमाडौं आउने विशिष्ट अतिथिको आवागमन सहज बनाउन उक्त व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ । जस अनुसार १३ र १५ गते बिजोर नम्बर प्लेटका सवारी साधन मात्रै सञ्चालनमा गर्न पाउने छन् ।

त्यस्तै १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन मात्रै उपत्यकाका सडकमा सञ्चालन गर्न पार्इने महाशाखाले जनाएको छ । जोर-बिजोर प्रणाली सवारी साधनको अन्तिम दुर्इ डिजिट अनुसार हुने महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।