६ बैशाख २०८१, बिहीबार
Follow Us

मुन्द्रेको कमेडी कल्वमा युकेको चर्चैचर्चा (भिडियो)

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७५, मंगलवार १३:२२

लण्डन । नेपाल टेलिभजनको चर्चिक कार्यक्रम ‘मुन्द्रेको कमेडी कल्व’ को चौथो भागमा वेलायतबासी नेपालीको चर्चा गरिएको छ । छोटो समयमा लोकप्रियताको शिखरमा पुगेको सो कार्यक्रमका संचालक जीतु नेपालले नेपाली कलाकार वेलायत आउदा निकै ठूलो सम्मान गर्ने गरेको निकै ठ्ट्यौलीपारमा प्रस्तुत गरेका छन् ।

कार्यक्रमको अतिथिको रुपमा आमन्त्रण गरिएका गायक शिव परियार वेलायतमा आयोजित एक कार्यक्रममा पैसैपैसाँले पुरिएको भन्दै जीतुले परियारको आम्दानी माथि व्यंग्य प्रहार गरेर कार्यक्रमलाई रोचक बनाएका छन् । गायक परियारले लण्डनको पल्म्वस्टेडमा आयोजित त्यस्तो कार्यक्रममा वेलायतबासी नेपालीले माया दर्साएर फेतामा पैसाँ भरिदिएको प्रसंग उठाएका छन् । उनले युकेमा आफुले सोभिनियरको रुपमा धेरै पैसाँ पाएको उल्लेख गरे ।