६ बैशाख २०८१, बिहीबार
Follow Us

दैलेख दुर्घटनामा मृत्यु हुने ६ पुगे

sarusaru
१२ मंसिर २०७५, बुधबार ०८:३९

दैलेख : दैलेखमा बुधबार जीप दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुगेको छ।सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप बुधबार बिहान ठाँटिकाँध गाउँपालिका- ३ को धामीगाउँ नजिक दुर्घटनामा परेको हो। दुर्घनामा २ जना घाइते छन्।

मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, ४ की रत्ना शाही, चालक रमेश शाही, वडा न‌‌ं.३ का २६ वर्षीय दिलिप शाही र सोही गाउँपालिका वडा न‌ं.१ का समशेर पुन रहेको दैलेख प्रहरीले जनाएको छ।क्षेत्रीका अनुसार घाइते २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

जिप सडकदेखि करीब ५० मिटर तल खसेको थियो। वडा नं. ३ का वडाअध्यक्ष कर्णबहादुर शाही लगाएतको टोली घटना पुगिसकेको छ। ठाँटिकाँध प्रहरी चौकीको प्रहरी टोली र गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलगायतको टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ । हालसम्म दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
अन्नपूर्ण पोष्ट