१५ चैत्र २०८०, बिहीबार
Follow Us

मन्त्रीज्यु हाम्रो जीवन बचाउनुस्

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७३, शुक्रबार ०७:०३

चितवन– स्वास्थ्यमन्त्री गगन थापासंग थालेसिमियाका विरामीहरुले आफ्नो जीवन बचाईदिन आग्रह गरेका छन् । भरतपुर अस्पतालको सी ब्लक भवनको सिलान्यास गर्न चितवन आईपुग्नुभएका मन्त्री थापासँग बालबालिकाहरुले आफ्नो जीवनको रक्षा गरिदिन माग गरेका हुन् । टाडीका १६ बर्षीय महेश चौधरीले मन्त्री थापासँग थालेसिमियाको विरामीको उपचार सहज र निशुल्क गरिदिन आग्रह गरे ।
सो अवसरमा चितवन सहायता समाजले थालेसिमियका विरामीको उपचारमा सहयोग गर्न भरतपुर अस्पताललाई ९० हजार रुपैंया हस्तान्तरण गरेको छ । मन्त्री थापामार्फत अस्पतालका विकास समितीका अध्यक्ष विजय सुवेदीलाई संस्थाका सदस्य केशवराज सुवेदी र विरामी बालबालिकाले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजेन्द्र पौडेलले थालेसिमियाका विरामीको अवस्था अत्यन्त दयनिय भएको र राज्यले कुनै सम्बोधन नगरेकाले यसबारे मन्त्रीको ध्यान आकर्षण गराउंदै निति बनाउनुपर्नेमा जोड दिनुभयो । यस विषयमा मन्त्री थापाले थालेसिमियाका विरामीका लागि आफुले सक्दो सहयोग गर्ने बचन दिनुभएको छ । मन्त्री थापाले थालेसिमियाका विरामीको जीवन रक्षा गर्ने आफ्नो दायित्व भएको बताउदैं बालबालिकालाई आस्वस्त पार्नुभएको थियो ।