७ बैशाख २०८१, शुक्रबार
Follow Us

दैलेख जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

नेपालब्रिटेन संवाददाता
१२ मंसिर २०७५, बुधबार ०९:३३

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा जीप दुर्घटना परि ज्यान गुमाउनेको संख्या छ जना पुगेका छन् । सुर्खेतवाट ठाँटिकाँध गाउँपालिका–३ वहाँकोट तर्फ जाँदै गरेको भे१च २२०७ नम्बरको जीप आज विहान पिपलचौतारा धामिगाउँ नजिकै दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ठाँटीकाँध गाउँपालिका ३ का अन्दाजी ४७ बर्षीय राजेन्द्रवहादुर शाही, ठाटीकाँध–४ का २६ बर्षीय दिलिप शाही, वडा नम्बर १ का अन्दाजी ३० बर्षीय निर्मल वम र सम्सेर पुन, जीप चालक रमेश शाही र स्थानीय रत्ना शाही रहेका छन् ।

तीन जनाको घटनास्थलमै र तीन जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिव २ सय मिटर तल खसेको छ । दुर्घटनालगत्तै प्रहरी र स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको थियो ।