७ बैशाख २०८१, शुक्रबार
Follow Us

जनचाहना अनुरुप परिणाममुखी काम गर्छु: सांसद डा. सूर्य पाठक

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७५, बुधबार १६:३०

बाग्लुङ । सांसद डा. सूर्य पाठकले परिणममुखी विकास आयोजनालाई केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । डा. पाठकले आफु निर्वाचित भएको एक वर्षे कार्यकालको समीक्षा गर्न बाग्लुमा विहीवार आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उक्त कुरा वताएका हुन् ।
पाठकले १ वर्षे कार्यकालमा संसद, विकास निर्माण, स्थानीय पूर्वाधार साझेदारी केन्द्रित रहेर काम गरेको वताए । उनले आफ्नो भूमिकालाई संसदमा प्रभावकारी बनाउन विभिन्न मुद्धामा आवाज उठाएको वताए ।
उनले सरकारबाट प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम एवं बजेट, जनताका मौलिक हक, अधिकार सम्बन्धीत कानुनहरु निर्माणमा १६ वटा मौलिक हक सम्बन्धी विधेयक मध्य वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक, सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधयक, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आफुले महत्वपूर्ण भुमिका निर्वाह गरेको जानकारी पत्रकार सम्मेलनमा गराए । उनले गैरआवासीय नेपाली नागरिकता सम्वन्धमा संसदीय समितिमा संसोधनको प्रस्ताव गरेर एनआरएन नागरिकताको सुनिश्चिताको लागि प्रयास गरेको वताए ।

उनले बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. १ का विकासको आयोजनालाई प्राथमिकतामा राखेर काम गरेका कारण कतिपय योजनाहरु केन्द्रबाट र कतीपय योजनाहरु प्रदेशबाट बागलुङमा परेको दावी गरे ।

उनले आफ्नो सकृयताको कारणले सडक निर्माण, खेलकुद, खानेपानी, अग्ला पुल र पर्यटनको क्षेत्रमा महत्वपूर्ण योजनाहरु समावेश भएको जनाए ।
पाठकले संघीय संसदमा आफ्नो भूमिकालाई अझ बढाउँदै भ्रष्टाचार नियन्त्रण शिक्षा, स्वास्थ्य क्षेत्रका विकृतिको अन्त्य, रोजगारी सम्बन्धी नीति निर्माण भुमिसुधार सम्बन्धी नीति निर्माणका क्षेत्रमा सक्रिय पहल कदमी लिने प्रतिबद्धतापनि व्यक्त गर्दै ७ बुँद्धे कार्ययोजना समेत सार्वजानिक गरे ।