१३ बैशाख २०८१, बिहीबार
Follow Us

संघीय समाजवादी फोरमका अध्यक्ष यादव लन्डनमा

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७३, शुक्रबार १०:१५

लन्डन— संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यहाँस्थित पार्टीको भातृसंस्थाको अधिवेसनमा भाग लिन आज लन्डन आइपुगेका छन् ।

पार्टीको भातृसंगठन संघीय समाज यूकेको दोस्रो अधिवेसनमा भाग लिन अध्यक्ष यादव बेलायत आएका नेता यादवलाई स्वागत गर्ने बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरन र समाजका अध्यक्ष धर्म तामाङ लगाएतको टोली हित्रो विमानस्थल पुगेको थियो ।

यादवले आइतवार अल्डरसटको एम्पायर हलमा आयोजना हुने अधिवेशनको उद्टन गर्ने कार्यक्रम छ। उनीसंगै पार्टी विदेश विभाग प्रमुख आंङकाजी शेर्पा समेत लण्डन उत्रिएका छन् ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादबले एक साता लामो बेलायत भ्रमण क्रममा बेलायती सरकारी अधिकारी तथा राजनीतिक दल, विभिन्न संघसंस्था र यहाँस्थित पूर्व गोर्खाहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।
1

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका यादव हिथ्रो विमानस्थलमा उत्रिए लगत्तै भेटघाटमा कार्यक्रममा ब्यस्त रहने तालिका तय भएको छ। यादवले शनिवार आदिवासी जनजाति महासंघ बेलायत, भूपु गोर्खाहरुको संगठन गेसोद्वारा अल्डरसटमा आयोजना हुने छुट्टाछुट्टै स्वागत तथा अन्तक्रिया कार्यक्रममा सहभागि हुने छन्।

सोमवार संघीय समाज यूकेको रेडिंग क्षेत्रीय शाखाले उनको सम्मानमा विशेष कार्यक्रमको आयोजना गर्नेछ।
यादव सेप्टेम्बर २८ सम्म बेलायतको कार्यक्रम सकेर पार्टीको यूरोपस्थित भातृसंस्थाको अधिवेसनमा भाग लिन जर्मनी, बेल्जियम, स्पेन, पोर्चुगल जाने बताएको छ।

2