१२ बैशाख २०८१, बुधबार
Follow Us

कांग्रेसका जिल्ला सभापतिहरुको भेला सकिँदै

नेपालब्रिटेन संवाददाता
१३ मंसिर २०७५, बिहीबार ०६:४७

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज सकिँदैछ । नुवाकोटको ककनीमा जारी भेला आसन्न महासमिति बैठकका लागि सभापतिहरुका तर्फवाट पेश गरिने एजेण्डा तय गरेर सकिन लागेको हो । नुवाकोट कांग्रेस सभापति जगदीशनरसिंह केसीले विधानका अधिकांश विषयमा साझा धारणा बनाएर केन्द्रीय कार्यसमितिमा सुझाव पठाइने जानकारी दिए ।

महासमिति बैठक मंसिर २८ देखि पुस ३ सम्म राजधानीमा हुँदैछ । भेलामा सहभागी कांग्रेस सभापतिहरुले केन्द्रीय कार्यसमितिमा प्रस्तुत विधान संशोधन मस्यौदाप्रति अधिकांश जिल्ला सभापतिले असन्तुष्टि जनाएका छन् ।

सभापतिलाई मनोनयन अधिकार बढी दिने, केन्द्रीय कार्यसमितिको आकार बढाउने तर पदाधिकारी संख्या नबढाउने, केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधानलगायत विषयमा जिल्ला सभापति असन्तुष्ट छन् । भेलामा करिब ५० जिल्लाका सभापतिको उपस्थिति छ ।