१५ चैत्र २०८०, बिहीबार
Follow Us

सुकीबाट नेपाल र म्यान्मा व्यापारमा जोड

नेपालब्रिटेन संवाददाता
१३ मंसिर २०७५, बिहीबार १२:२४

काठमाडौं । म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्माबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताउनुभयो ।

नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मामा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत्, प्रविधिलगायत क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने विचार व्यक्त गर्नुभयो । अर्काे प्रसङ्गमा नेत्री सुकीले नेपालसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफूले नेपाल र नेपालीलाई सदैव सम्मान र माया गर्ने बताउनुभयो ।