१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएद्धारा दुःख व्यक्त

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७५, बिहीबार १६:२२

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको वुवा यदुप्रसाद भट्टको निधनमा संघले दुःख व्यक्त गरेको छ ।

संघले विहीवार एक विज्ञप्ति जारी गर्दै उनको परिवारजनमा गहिरो समवेदना प्रकट गरेको हो ।

भट्टको गतहप्ता टोक्यो जापानमा निधन भएको हो । संघले भट्टको निधनबाट मुलुकले एक कुशल राजनीतिज्ञ र ख्यातिप्राप्त समाजसेवी गुमाएको जनाएको छ ।

विसं २००१ मा गोरखाको भीमसेन गाउँपालिका कुबिन्डेमा जन्मनु भएका भट्ट हाल समाज सेवामा सक्रिय थिए। पहिले राजनीतिमा संलग्न भट्ट विसं २०३९ सालमा वाणिज्य सहायक मन्त्री थिए। उनका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।