८ बैशाख २०८१, शनिबार
Follow Us

जोरबिजोर प्रणाली साढे ११ बजेदेखि हटाइयो

sarusaru
१४ मंसिर २०७५, शुक्रबार ०५:०७

काठमाडौँ — गैरसरकारी संस्था युनिभर्सल पिस फेडरेसनले आयोजना गर्ने कार्यक्रमका सहभागीलाई आउजाउ सहज गराउन सरकारले उपत्यकामा ४ दिनका लागु गरेको जोरबिजोर प्रणालीको तिव्र विरोध भएपछि शुक्रबार ११:३० बजेबाट हटाउने निर्णय गरेको छ ।

एसिया प्यासिफिक समिटका लागि सवारीमा जोरबिजोर प्रणाली लागू गरिएकाले गाडी नपाउँदा बिहीबार काठमाडौंको कोटेश्वरमा पैदल हिँडिरहेका यात्रुको लस्कर ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक सञ्जालमार्फत जोरविजोर प्रणााली हटाइएको जानकारी दिएको छ ।

युनिभर्सल पिस फेडरेसनले मंसिर १४ देखि १७ सम्म गर्न लागेको ‘एसिया प्यासिफिक समिट’ का लागि गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोरबिजोर नम्बरका आधारमा सवारी साधन चलाउन दिने निर्णय गरेको थियो ।
मंसिर १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरका गाडी मात्रै चल्न दिइने बताइएको थियो ।
कान्तिपुर