१३ बैशाख २०८१, बिहीबार
Follow Us

फ्रान्सकी माएभा कुके र नेपालकी शृखला खतिवडामा के फरक ?

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७५, शुक्रबार ०९:५४

शृखला खतिवडाले मिस वर्ल्ड जितुन् । सबैको चाहना हो यो । एक नेपालीले कुनै टाईटल जित्नु भनेको हामी एकैछिन भएपनि मुस्काउनु हो । यसले लाखौँ नेपालीको ओठमा मुस्कान छर्छ । उनलाई टप ३० भित्र परुन भनेर भोट दिने दिन आज सकिदैछ । भोटको प्रतिशत निकै माथि छ उनको अरुको तुलनामा ।

हामी गरिब देशको भएकोले हामी चिनिनको लागि मौका पाएका अन्तराष्ट्रिय मन्चहरुको जबरजस्त उपयोग गर्नुपर्छ । किनभने सँसारलाई योगदान दिने कुनै पनि कुरा हामीले आबिष्कार गरेका छैनौँ। नेपाल कसैले सँझन्छ भने कि त हिमाल कि त गरिबीका कारण सँझिन्छ । यदि उनले जितिन् भने कमसेकम सँसारका करोडौँ करोड मानिसले नेपाल शब्द एकैपटक सुन्नेछन् । कतै न कतै यहि दुखी नेपालका हिमाल र दुखिहरुको प्रचार हुनेछ । यो सित्तैमा पाईने बिज्ञापन हुनेछ ।

अब कुरो रह्यो उनको बिजय यात्राको । उनी बिजयी हुन अब टप ३० अनि टप २० अनि फेरी त्यसको आधा अर्थात टप १० र त्यसपछि टप पाँच हुदै अन्तिममा एक नम्बरमा पर्नु पर्छ । टप ३० भित्र पार्नलाई हाम्रो भोटको महत्व हुन्छ त्यसपछि उनी आँफैले आफ्नो क्षमता देखाउनु पर्छ ।

म फ्रान्समा छु । म बसेकै अन्चलकी एक सुन्दरी मिस फ्रान्स पनि मिस वर्ल्डको टाईटलकालागि प्रतिस्पर्धा गर्दैछिन् । उनले टप मोडेलको टाईटल जितेको हुनाले उनी ३० जना भित्र परिसकिन् । उनी सँगै जापान पनि टप ३० मा आईसक्यो । नेपालको कुरा गर्दा यदि हाम्रो भोटले टप ३० मा शृखला आईन् भने टप २० मा उनी पर्न सक्ने सँभावना किन छ भने नेपाल १३ नम्बर ग्रुपमा छ । यो ग्रुपमा पाँच देशको सट्टा चार देश मात्र परेका छन् र फेस टु फेस छलफल कार्यक्रममा यिनले चारै देशलाई पछार्न सक्छिन् ।

बाँकी कुरा फेरीपनि उनकै ट्यालेन्सी र आयोजककर्ताहरु र जुरी मेम्बरको मुल्याँकन र हेराईमा भर पर्छ । मैले देखिराखेको कुरो के छ भने नेपालको मिस वर्ल्ड प्रतियोगिताका लागि हुने तयारी र फ्रान्सको यहि पदका लागि हुने तयारी आकास र पातालको फरक छ ।

मिस फ्रान्सको तयारी प्रयोगशालाको नतिजा हो । दुई बर्षमा उनीहरुले देशाबरको भिजिट देखि सामान्य ज्ञान मिडीया सँग प्रस्तुत हुने कला र बोल्ने तरीका, फेसन देखि राष्ट्रपति प्रधानमन्त्री आदि सँग भेटघाट गरिसकेका हुन्छन् ।

अर्थात यता H2o मिलाएर पानी बनाउऑछन् । उता पानी भन्नु H2o हो भनेर घोकाउँछन् । यस्तो बिषम परिस्थिति छ र पनि हामीले हाम्रै चेलिले जित्ने सपना देखेका छौँ । सपनाहरुलाई शुभकामना !
अनुराधा पौडेल, फेसबुकबाट साभार