१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई २० लाख सहयोग

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७५, शुक्रबार १३:०७

पर्वत । यहाको एक विद्यालयलाई पूर्व विद्यार्थीले २० लाख सहयोग गरेका छन् । महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा रहेको महेन्द्रज्योति माविमा २० थान कम्युटर र कम्युटर कक्ष भवन सहित २० लाख बराबरको सहयोग गरेका हुन् ।

हाल रोजगारीको शिलशिलामा मलेशिया रहेका नारायण अधिकारीको परिवारले विद्यालयलाई कम्प्युटर कोठासहित २० थान कम्प्युटर हस्तान्त्रण गरेका हुन् । विद्यालयमा कम्प्युटर अभावका कारण प्राविधिक शिक्षामा समस्या परेको अवगत भएपछि पूर्वविद्यार्थी नारायण अधिकारी, उनका बाबु लक्ष्मण, आमा लक्ष्मीसहित परिवारले विद्यालयलाई कम्प्युटर कक्ष र ती कम्प्युटरका लागि आर्थिक सहयोग गरेका थिए ।

आफूले अध्ययन गरेको विद्यालयमा परेको समस्या देखेर सहयोग गरेको र यसले बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पार्नेमा आफु आशाबादी रहेको उनको भनाई छ । अधिकारी परिवारले आफूहरुले विद्यालयमा प्राविधिक शिक्षाका लागि विद्यालयको आग्रहमा सहयोग गरेको समेत जानकारी गराए । अधिकारीले पैसा धेरै भएर सहयोग गरेको नभई विद्यार्थीहरु अहिले पनि कम्प्युटर सिक्नका लागि कुश्मा, पोखरा धाउनुपर्ने बाध्यता रहेको कारण आफु पढ्ने विद्यालयमै विद्यार्थीले कम्प्युटर सिक्न सकुन भन्ने भावनाले सहयोग गरेको बताए ।

आफूले जस्तै एसइइ पास गरेपछि कम्युटर सिक्न पोखरा तथा सदरमुकाम जान पर्ने बाध्यता आजैदेखि अन्त्य हुनेमा आफु आशाबादी रहेको उनको भनाई छ ।

सोही कार्यक्रमको उद्धघाटनमा पुगेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले मनको धनीबाट भइरहेको कम्युटर कक्षको उद्धघाटन गर्ने र सँगै उनलाई अभिनन्दन गर्ने कुराले आफूलाई छोएर नै आफु त्यस कार्यक्रमको लागि आएको बताए । धन त कति धेरै मान्छेसँग कति छ कति एकै रातमा लाखौं रुपैया खर्च गर्ने नेपाली नै रहेको तर समाज सेवाको लागि खर्च गर्ने मनहरु कम रहेको भन्दै त्यस्ता मनहरु मध्ये नारायण अधिकारी पनि नेपालमा रहेको उनले बताए ।
यसअघि कम्प्युटर सिक्नकै लागि त्यसक्षेत्रका बालबालिका पोखरा, कुश्मा धाउनुपर्ने अवस्था रहेपनि अब त्यो अवस्थाको अन्त्य भएको विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद शर्माले बताए ।