७ बैशाख २०८१, शुक्रबार
Follow Us

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी आइतबार

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७५, शुक्रबार २०:५१

लण्डन । गुल्मी जिल्ला समाज यूकेले आयोजना गर्ने अपांगता दिवस च्यारिटी कार्यक्रममा भाग लिन आशा अपांग केन्द्र तम्घासकी सञ्चालिका गंगा रायमाझी लण्डन आइपुगेकी छन् ।
आइतबार लण्डनको वुल्वीचस्थित लोटस क्लबमा हुने कार्यक्रमको विशेष अतिथि रायमाझी शुक्रबार सांझ लण्डन उत्रिएकी हुन् ।

रायमाझीलाई लण्डनको हिथ्रो विमानस्थलमा गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामी, संस्थापक अध्यक्ष ओमप्रसाद थापा, उपाध्यक्ष फडिन्द्र भट्टराई, महासचिव शिव भण्डारी, सहकोषाध्यक्ष राम सापकोटा , प्रवक्ता मञ्जु भण्डारी, सदस्य माया केसी , ज्ञान छन्त्याल लगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

गुल्मी जिल्ला समाज यूकेले विश्व अपांग दिवसका अवसरमा हरेक वर्ष च्यारिटी कार्यक्रम गर्दै आएको छ ।

यस वर्षको कार्यक्रममा संकलन हुने कोषबाट आधा रकम आशा अपांग केन्द्रलाई सहयोग गर्ने र बांकी आधा रकम समाजका अन्य परोपकारी काममा अर्चिने समाजको योजना छ ।