१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालका सबै विमान कम्पनी यूरोप उडानको लागि अझै कालो सूचीमा

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७५, शुक्रबार २०:५७

लन्डन । यूरोपली यूनियनले नेपालका सबै विमान कम्पनीलाई कालो सूचीमा राखेपछि नेपाली विमानको यूरोप उडान अनिश्ति बनेको छ । यूरोपेली यूनियनले शुक्रबार जारी गरेको कालो सूचीमा नेपाल एअरलाइन्सका साथै नागरि उडड्यन प्राधिकरणले अनुमति दिएका सबै एअरलाइन्स परेका छन् । कालो सूचीमा परेका कारण नेपालले यूरोपेली यूनियनका २८ सदस्य राष्ट्रमा उडान भर्न नपाउने भएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)कोले नेपाली विमान कम्पनी गम्भीर सुरक्षा चासोमा राखेपछि ईयूले कालो सूचीमा राखेको थियो । गएको साउनमै आईकाओले आफ्नो प्रतिबन्ध हटाए पनि ईयूले भने कालो सूचीमा यथावत राखेपछि नेपालको संकट बढेको हो ।

यस्तो कालो सूचीमा नेपाली विमान कम्पनी विगतका वर्षदेखि नै थिए । ईयूले सो कालो सूचीमा नेपाली विमान कम्पनीलाई यथावत राखेको हो ।