१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मिस वर्ल्डमा श्रृंखला ‘टप २०’ मा (भिडियो )

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७५, शुक्रबार २१:०२

लन्डन । चीनको सान्यामा जारी मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी नेपाली प्रतियोगी श्रृङ्खला खतिवडा टप २० मा छानिएकि छन् । मिस वर्ल्ड २०१८ प्रतियोगिताको एउटा विधामा टप २० मा श्रृङखला छानिएकी हुन् ।

शुक्रबार आयोजित ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी प्रश्‍नको सही उत्तर दिँदै टप २० मा छानिएकी हुन्। शृङ्खला १३ नम्बरको समुह विजेता हुँदै टप २० मा पर्न सफल भएकी हुन् ।

मिस वर्ल्ड २०१८ प्रतियोगिताको पहिलो नम्बरको समुहमा मोरिसस, दोस्रो नम्बरमा फ्रान्स, तेस्रो नम्बरमा भेनेजुएला, चौथो नम्बरमा फिलिपिन्स, पाँचौ नम्बरमा नाइजेरिया, छैटौँ नम्बरमा बङ्गलादेश, सातौँ नम्बरमा चिली, आठौँ नम्बरमा लेबनान, नवौँ नम्बरमा मलेसिया र दसौँ नम्बरको समुहबाट ग्वाडेलप देशका सुन्दरीहरू छानिएका छन्।

यस्तै एघारौ नम्बर समुहको विजेतामा म्‍यानमार छ भने बाह्रौ नम्बरमा भारत रहेको छ। मिस नेपाल श्रृंखला खतिवडा भने तेह्रौ नम्बर समुहको विजेता छिन्। यस्तै चौधौं नम्बरमा सिंगापुर, पन्ध्रौ नम्बर समुहमा थाइल्‍याण्ड, सोह्रौ नम्बरमा बुल्गेरिया र सत्रौ नम्बरमा मेक्सिको रहेका छन् भने अठारौ नम्बरमा ट्रनिड्‍याड एण्ड टोब्‍याको, उन्नाइस नम्बरमा अर्जेन्टिना र बीसौ नम्बर समुहको विजेतामा युगान्डाकि सुन्दरी छानिएकी छिन्।