१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन युकेको अन्तरक्रिया: एनआरएन नागरिकता सुनिश्चित – उपसभामुख, तुम्बाहाम्फे

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७५, शुक्रबार २२:४६

लण्डन । बेलायत भ्रमणमा रहेकी उपसभामुख शिव माया तुम्बाहाम्फेसंग गैरआवासीय नेपाली संघ (एनआरएन) युकेले अन्तरक्रिया गरेको छ । अल्डरसट स्थित एम्पायर हालमा शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रममा सांसद नवीना लामा, पुर्व संसद तारा राई, राष्ट्रिय जनमुक्ती पार्टीको उपाध्यक्ष कमला थापा लगायतको उपस्थिति रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि उपसभामुख शिव माया तुम्बाहाम्फेले गैरआवासीय नेपालीहरु जहाँ बसे पनि एउटै आवाज रहेको बताइन् । उनले नेपालको संबिधान लचकदार भएकोले जनचाहना अनुरुप संबिधानको मूलमर्म नबाझिने गरि संसोधन हुनसक्ने बताइन् । उनले गैर आवासीय नेपालीहरुको नागरिकताको बिषयलाई सम्बन्धित संसदीय समिति सम्म पुराउने बचन दिइन् । उनले गैर आवासीयहरुको अधिकार संबिधानको मर्म अनुरुप नागरिकतामा सुनिश्चित गरिने बताइन् ।

गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएन युकेका पुर्व अध्यक्ष कुल आचार्यले नेपालबाट गैर कानुनी रुपमा बेलायत पैसा भित्रीएको बताए । उनले देशको आर्थिक विकास हुन्छ भने विदेशबाट नेपाल पैसा लैजाने प्रक्रिया सहज हुनु पर्नेमा जोड दिए ।

राष्ट्रिय जनमुक्ती पार्टीको उपाध्यक्ष कमला थापाले कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन नागरिकताको सुनिस्चित नभए सम्म समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पुरा नहुने बताइन् । उनले भूपू गोर्खाहरुको नागरिकताको समेत ग्यारेन्टी हुनु पर्नेमा जोड दिइन्।

पुर्व संसद तारा राईले राजनीति चेतना नहुदाँ राजनीति प्रति घृणा बढेको दिइन् । उनले नेपाली राजनीतिमा महिलाहरुको भूमिका बढेको विचार राख्दै अब संसदमा पनि ५० प्रतिसत महिला हुनु पर्नेमा जोड दिइन् ।

संसद नविना लामाले विदेशमा बस्ने नेपालीले देशको लागि गरेको योगदानको प्रशंसा गरिन्। उनले महिलाहरुको विकास राम्रोसंग हुन् नसके पनि राजनीतिमा महिलाहरु सहभागिता सन्तोषजनक रहेको बताइन । उनले विदेशमा बस्ने नेपालीमा राष्ट्रप्रतिको भावना धेरैनै पाएको बताउदै समृद्ध नेपालको अभियानमा लाग्न आब्हान गरिन् ।

सुसिला राईले संचालन गरेको कार्यक्रममा पुनम गुरुङले स्वागत मन्तब्य दिएकी थिएन ।

कार्यक्रममा मीन गुरुङ, हितकाजी गुरुङ, बिश्वदीप तिगेला, लिला गुरुङ, श्री लिम्बु, बिजय लिम्बु, ललित न्यौपाने, चन्द्र गुरुङ, बाचस्पति रेग्मी, रामजी बराल लगायतको उपस्थिती थियो ।