११ बैशाख २०८१, मंगलवार
Follow Us

हिन्दी र अङ्ग्रेजीलाई राष्ट्रिय भाषा बनाउने भन्ने प्रचार गलत

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७३, शुक्रबार १५:२९

काठमाडौं । हिन्दी र अङ्ग्रेजी भाषालाई राष्ट्रिय भाषा बनाउने गरी संविधान संशोधन गर्न लागेको भन्ने प्रचार गलत भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले रासससँग कुरा गर्दै हिन्दी र अङ्ग्रेजीलाई राष्ट्रिय भाषा बनाउने गरी संविधान संशोधन गर्न लागेको भन्ने प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै भन्नुभयो, “हिन्दी र अङ्ग्रेजी भाषालाई राष्ट्रिय भाषा बनाउने गरी संविधान संशोधन गर्न लागिएको भन्ने प्रचार गलत हो, त्यससम्बन्धी कुनै पनि संशोधनको प्रस्ताव आएको छैन ।”