१३ बैशाख २०८१, बिहीबार
Follow Us

कर्मचारी विवरण पठाउन निर्देशन

नेपालब्रिटेन संवाददाता
१५ मंसिर २०७५, शनिबार १३:००

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारसम्म २७ जिल्ला समन्वय समितिलाई स्थायी कर्मचारीको सङ्ख्या विवरण पठाउन निर्देशन दिएको छ ।

कर्मचारी समायोजनका लागि सबै जिल्ला समन्वय समितिले स्थायी कर्मचारीको विवरण पठाए पनि उक्त जिल्लाले विवरण नपठाएपछि आइतबारसम्म पठाउन निर्देशन दिइएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिनुभयो ।

मन्त्रालयले सबै समन्वय समितिबाट विवरण सङ्कलन गरेर कर्मचारी समायोजन गर्ने जनाएको छ । पटकपटक विवरण पठाउन निर्देशन दिए पनि नटेरेपछि आइतबारसम्म विवरण पठाउन भनिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङ, धनकुटा, खोटाङ, सप्तरी, धनुषा, महोत्तरी, पर्सा, रामेछाप, काभ्रेलाञ्चोक, सिन्धुपाञ्चोक, रसुवा, लमजुङ, कास्की, पर्वत, पूर्व नवलपरासी, पश्चिम नवलपरासी, पाल्पा, पूर्वी रुकुम, प्यूठान, बाँके, डोल्पा, मुगु, सुर्खेत, बाजुरा, बझाङ र बैतडी जिल्लाका समन्वय समितिलाई विवरण पठाउन भनिएको छ ।