१५ बैशाख २०८१, शनिबार
Follow Us

एड्स दिवसः एड्सबाट छ संक्रमित, दुईको मृत्यु

नेपालब्रिटेन संवाददाता
१५ मंसिर २०७५, शनिबार १४:१६

पाँचथर । यहाँ एचआइभी एड्सबाट छ जना संक्रमित भएको र दुई जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज एड्स दिवसको अवसर पारेर सो तथ्याङ्क सार्वजनिक गरेको हो । एचआइभी एड्सका कारण दुई पुरुषहरुको मृत्यु तथ्याङ्कमा उल्लेख छ । त्यस्तै जिल्लामा छ जना एड्स संक्रमितहरुले नियमित औषधी सेवन गर्दै गरेको जिल्ला अस्पताल पाँचथरका प्रमुख डा वुद्धिबहादुर थापाले बताउनुभयो । संक्रमित छ मध्ये दुई जोडी श्रीमान् श्रीमती रहेका उहाँले जानकारी दिनुभयो ।