१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रहरी जवान मृत भेटिए

नेपालब्रिटेन संवाददाता
१६ मंसिर २०७५, आईतवार १२:५२

दमक । इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी जवान २४ वर्षीय टेकराज पौडेल आज मृत भेटिएका छन् । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ घर भएका पौडेल दमक नगरपालिका–६ मा डेरा गरी बस्दै आएका थिए । उनी डेरामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले जानकारी दिनुभयो । डेरामा एक्लै बस्दै आएका पौडेल आज बिहान काम सकेर डेरामा फर्केका थिए । पौडेल तीन वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थिए ।