१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सहारा यूकेको १० औं वार्षिकोत्सव (फोटो फिचर )

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७५, आईतवार १९:१३

लन्डन । सहारा यूकेले आफ्नो १० औं वार्षिकोत्सव मनाएको छ । शनिवार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा बेलायत स्थित नेपाली समाजका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, सहारा यूके वर्तमान अध्यक्ष मीनबहादुर गुरुङ र संस्थापक अध्यक्ष नवीन गुरुङले केक काटेका थिए । सांसद लियो डोचेर्टी, हेमसायर फुटबल एसोसिएसन अध्यक्ष जेम्स पियर्सन, एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, काउन्सिलर लिडर डेभिड क्लिफोर्ड लगायतको रिबन काटेका थिए । सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङले कार्यक्रमका सहभागी र सहयोगीप्रति आभार व्यक्त गरे । संस्थापक अध्यक्ष नवीन गुरुङले संस्था स्थापनाको क्षण स्मरण गर्दै सबैको साथ सहयोगले अहिले सहारा यूके बलियो बनेकामा गर्व लागेको बताए ।

महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा इभेन्ट कोअर्डिनेटर तथा उपाध्यक्ष कुमार गुरुङले स्वागत मन्तव्यसहित सहारा यूकेका दशक अवधिका गतिविधि समेटिएको एउटा वृत्तचित्र देखाए ।

सूर्य गुरुङ र निया देवानले सञ्चालन गरेको दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा आंचल लामा, रुबी गौली, ममता गुरुङलगायतले गीत गाए भने यूके डान्स अफ ०१८ रजनी गुरुङ, संगीता गैरे आदिले नृत्य प्रस्तुत गरेका थिए । सहकोषाध्यक्ष शारदा गुरुङले ‘राफल ड्र’ सञ्चालन गरे ।

कार्यक्रमका अवसरमा संस्थाकी सल्लाहकार मन्जु गुरुङ राईलाई ‘सहारा यूके स्पेशल अवार्ड ०१८’ र महासचिव कृष्ण गुरुङलाई ‘सहारा यूके अवार्ड ०१८’ प्रदान गरिएको छ ।

तस्विर: बाचस्पति रेग्मी / शिव भण्डारी