१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा बस्ने नेपालीद्वारा क्यान्सरपीडितलाई आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७५, आईतवार १९:१८

काठमाडौँ । डेढ वर्षदेखि रक्त क्यान्सरबाटपीडित होमकुमारी लामालाई आर्थिक सहयोग गरिएको छ।

बेलायतमा बस्दै आएका नेपालीबाट सङ्कलन गरेर पठाइएको रु एक लाख ६८ हजार आज नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले उनलाई हस्तान्तरण गरे। नेविसङ्घ उपाध्यक्ष उर्मिला थपलियाको आग्रहमा बेलायतमा बस्दै आएका नेपाल विद्यार्थी सङ्घका नेता राजन खकुरेलको सक्रियतामा रकम सङ्कलन गरिएको हो।

रकम हस्तान्तरणपछि महामन्त्री डा कोइरालाले विदेशमा बसेर नेपाली चेलीको उपचारका लागि रकम सङ्कलन गरी पठाएर राम्रो कामको थालनी भएको बताए। सामाखुशीस्थित सुुप्रिम कलेजमा स्नातक तह अध्ययनरत लामालाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएपछि आर्थिक समस्या परेको थियो।

धादिङको नेत्रावती–४ की २३ वर्षीया लामाको अहिले सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ। यसअघि लामाको उपचारका लागि कोरियामा बस्दै आएका राजु भण्डारीबाट सङ्कलन गरेर पठाइएको रु ४० हजार पाइसकेका छन्।